जंगलमा दम्पती मृत भेटिए


२१ बैशाख २०७८, मंगलवार
death

धनकुटा, २१ बैसाख । धनकुटाको पाख्रिबास नगरपालिक–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा पाख्रीबास–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।

युवक झुण्डिएको र युवती भुईमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७