२१ औं वर्षमा नेपाल लाइफ, चुक्ता पुँजी ७.१९ अर्ब


२१ बैशाख २०७८, मंगलवार
Nepal Life 21st Anniversary

काठमाडौं, २१ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो ।

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वाधिक लगानी १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमा कोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ ।

कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९।७७ अर्ब तथा सर्वाधिक मृत्यु दावी ३।७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अधिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन् ।

२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, सेयरधनी लगायत सबैमा कृतज्ञताका व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस कोरोना भाइरसको महामारीमा पनि सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७