कान्तिपुर अस्पताल र पेन्टागन कलेजका मालिक केपी सिंह ठगी धन्दामा


२१ बैशाख २०७८, मंगलवार
KP sing

काठमाडौं, २१ बैशाख । सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि’ स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिइरहेको तथ्य पत्ता लागेपछि ७ बैशाख २०७८ मा प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर सञ्चालकहरुलाई नियन्त्रणमा लिन पुगेका थिए । ९ हजारमा नक्कली रिपोर्ट बिक्री गरीरहेको तथ्य भेटिएपछि अपराध महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्व प्रहरी टोली सञ्चालकहरुलाई पक्राउ गर्न ‘सुरिया हेल्थ केयर प्रा.लि’ पुगेको थियो । उल्टै डिएसपी रेग्मीको टोलीलाई सञ्चालक मध्येका एक केपी भनिने डा. खेलानन्द प्रसाद सिंहले हप्कीदप्की गरे ।

डा.सिंहले आफू पावरवाला भएको भन्दै पक्राउ नगर्न दबाब समेत दिए । डा.सिंहको हप्कीदप्की थाहा पाएपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङ्ग आफै पुगे । सिंह सहित धन्दामा संग्लनहरुलाई पक्राउ गरियो । प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सुरिया ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. सिंह सहित पक्राउ पर्ने अन्यमा सप्तरी राजबिराज नगरपालिका–१३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला–१ का ५० वर्षीय प्रदिप कुमार गिरी र २२ वर्षीय बादल मिरिङछिङ, महोत्तरी सोनाम–६ घर भई हाल सिनामंगल बस्ने २५ वर्षीय अमन कुमार यादव, मोरङ बिराटनगर–३ घर भई अनामनगर बस्ने ३२ वर्षीय वजेश पोख्रेल, दोलखा बैतेश्वरी–५ घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुरा–१ घर भई हाल ललितपुर धापाखेल बस्ने ४४ वर्षीय डा।खेलानन्द प्रसाद सिंह छन् ।

उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिको लागी उनीहरुले एक–दुई घण्टामै पिसिआर रिपोर्ट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्र.लि.का ऐजेन्टहरुले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार लिई सुरिया हेल्थकेयर प्रा.लि.सँगको मिलेमतोमा विना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेका थिए ।
ठगीमा सिंह

KP sing and his Team
पक्राउ परेका डा.सिंह सहित उनका सहयोगीहरु


नक्कली पिसिआर बनाउने धन्दाका प्रमुख योजनाकार डा.सिंह तिनकुनेस्थित कान्तिपुर अस्पतालका र पेन्टागन कलेजको मालिक समेत हुन् । कान्तिपुर अस्पतालका निर्देशक केपी र पेन्टागन कलेजका अध्यक्ष सिंहले कान्तिपुर अस्पतालमा आउने विरामीको समेत कोरोना परिक्षण सुरियामै गराउने गरेका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपाली र भारतीय कामदारहरुको नक्कली पिसिआरको कारण फर्काइएपछि डा.सिंह र ‘सुरिया हेल्थ केयर प्रा.लि’को धन्दा बाहिर आएको थियो । ८ बैशाखमा खाडी मुलुक जानका लागेका १२६ जना नेपाली र भारतीय कामदार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पनि फर्काइएको थियो । काठमाडौंको सिनामंगलस्थित ‘सुरिया हेल्थ केयर प्रा.लि’बाट जारी भएका सबै पिसिआर रिपोर्ट नक्कली देखिएपछि रोजगारीका लागि खाडी मुलुक जान लागेका सबै १२६ जना नेपाली र भारतीय कामदारहलाई फिर्ता पठाइएको थियो ।

Duplicate PCR Center
सिनामंगलस्थित सुरिया हेल्थ केयर जहाँ नक्कली पिसिआर तयार हुन्थ्यो

डा.सिंहलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरीरहेको छ । स्रोतका अनुसार डा.सिंहलाई छोड्न र सिल गरिएको सुरिया हेल्थकेयर पुन सञ्चालनमा ल्याउनका लागि दबाब दिइरहेका छन् । स्रोतका अनुसार डा.सिंह यस्तो ठगी धन्दामा लामो समय अघिदेखि सक्रिय थिए । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कहाँ छन् डा. प्रचण्डमान सिंह राजभण्डारी ?
स्वाव नै नलिई पिसिआर रिपोर्टमा हस्ताक्षर गर्ने नोवल अस्पतालका डा. प्रचण्डमान सिंह राजभण्डारी भने पक्राउ परेका छैनन् । उनी फरार रहेको बताइएको छ । तर यस्तो नक्कली र गलत काम गर्नेलाई कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७