युवराज गैरेको नेतृत्वमा प्रवासी नेपाली मञ्च कुवेत गठन


प्रकाशित मिति : May 4, 2021

कुवेत । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च कुवेतको गठन भएको छ । युवराज गैरेको नेतृत्वमा १५ सदस्यीय प्रवासी नेपाली मञ्च गठन भएको हो । प्रवास पार्टी कमिटीका संयोजक तथा केन्द्रिय सदस्य प्रसाद शाहको अध्यक्षता सम्पन्न मध्यपूर्वको भेलाबाट मञ्चको पदाधिकारी चयन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्य र उप–महासचिव घनश्याम भुषालको विशेष आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा मनवीर लामा, उपाध्यक्षमा दिल श्रीपाली, महासचिवमा देवशम्सेर घिसिङ, सचिवमा हरी रेग्मी, सहसचिवः टक बहादुर खड्का र कोषाध्यक्षमारमेश लामा चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च कुवेतको पदाधिकारी र सदस्यहरु :

अध्यक्ष : युवराज गैरे (वाग्लुङ)
वरिष्ठ उपाध्यक्ष : मनवीर लामा (कास्की)
उपाध्यक्षः  दिल श्रीपाली (दाङ)
महासचिवः देवशम्सेर घिसिङ (रामेछाप)
सचिव : हरी रेग्मी (अर्घाखाँची)
सहसचिवः टक बहादुर खड्का “सुमन“(रामेछाप)
कोषाध्यक्षः रमेश लामा (कास्की)

सदस्यहरुः

भिम बहादुर खत्री(बागलुङ)
दिपेन्द्र चौधरी (चितवन)
सुजन न्यौपाने (झापा)
मनोज थापा (पाल्पा)
महेश दाहाल (मोरङ)
कालिकाप्रसाद पौडेल (गोरखा)
विवेक तामाङ (कास्की)
टेकबहादुर प्रधान (भोजपुर)

प्रतिक्रिया दिनुहोस्