प्रवासी नेपाली मञ्च यूएईमा प्रवीण पोखरेलको नेतृत्वमा नयाँ टिम


२२ बैशाख २०७८, बुधबार
Prabin Pokheral

यूएई : नेकपा (एमाले) निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च यूएई पुनर्गठन भएको छ । प्रवीण पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी पुनर्गठन गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै पार्टीमा समानान्तर अभ्यास गरिरहेको एमालेको खनाल–नेपाल समूहले विदेशस्थित भातृ संगठन पुनर्गठन थालेको हो । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भएको भर्चुअल बैठकले पोखरलेको नेतृत्वमा कमिटी पुनर्गठन गरेको हो । धनकुटा स्थायी घर भएका पोखरेल नेपालमा विद्यार्थी, युवा हुदैं पार्टी राजनीतिमा सक्रिय थिए । उनी नेकपा (एमाले) असाध्यै अप्ठ्यारो अवस्थामा रहेका बेला युथफोर्स धनकुटाका प्रमुख थिए ।

पुनर्गठित कमिटीको उपाध्यक्षमा दिपक राउत, सचिवमा वुद्धिप्रसाद सापकोटा (बिपिन) , सहसचिवमा नरेश क्षेत्री, कोषाध्यक्षमा चेतनारायण भट्टराई चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा भण्डारी, विमल घमाली, यादकुमार श्रेष्ठ, यज्ञ भण्डारी, बाबुराम थापा, प्रवीण गरुङ, रामकुमार राउत, दिपक पोखरेल, भेषराज भण्डारी, बाबुजी क्षेत्री, विष्णु श्रेष्ठ, केदार दाहाल, कुमार सुवेदी, प्राण वम्जन तामाङ, निवेश गोविन्द शंखर र घिमिरे जंग रजन चयन भएका छन् ।

त्यस्तै, भेलाले मञ्चको कुवेत अध्यक्षमा युवराज गैरे र महासचिवमा देव समशेर घिसिङलाई चयन गरेको बताइएको छ । पूर्वमन्त्री तथा एमाले उपमहासचिव घनश्याम भुसालको विशेष आतिथ्यमा सम्पन्न भेलामा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७