काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो (आदेशसहित)


२२ बैशाख २०७८, बुधबार
Lockdown 244day.00 01 12 12.Still006 1536x864 1

काठमाडौं, २२ बैसाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो । १६ वैशाखबाट जारी निषेधाज्ञा २२ वैशाखमा सकिँदै छ । संक्रमण दर बढेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए । उनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल पनि गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

यस्तो छ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश

1 1
2 1
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७