बुटवलमा अक्सिजन बैंक


२२ बैशाख २०७८, बुधबार
oxygen 1 1

बुटवल, २२ बैसाख । कोरोना संक्रमितका लागि अक्सिजन अब बैंकबाट समेत लिन सकिने भएको छ । संक्रमित संख्या बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबार अक्सिजन बैंकको सुरुवात गरेको हो ।

होम आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई बैंकद्वारा अक्सिजन उपलब्ध गराइनेछ । आवश्यक परेकालाई स्वास्थ्यकर्मीसहितको टोललिे तत्काल पुर्‍याउने गरी अक्सिजन बैंक सेवा सुरु गरिएको उपमहानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

‘अहिले पहिलो लटमा एक सय सिलिन्डर खरिद गरेका छौं,’ उनले भने, ‘रिफिल र सेटअपको थालनी भएको हो, खपतका आधारमा बढाउछौं ।’ यसका लागि पहिलो चराण्मा १० लाख रुपैयाँ खर्च गरिएको छ । उनका अनुसार अक्सिजन रिफिलमा लायन्स क्लबले सहयोग गर्नेछ ।

अक्सिजन बिरामीसम्म् पु¥याउन, जडान र रेखदेखसम्म उपमहानगर सहरी स्वास्थ्य केन्द्रका ८ स्वास्थ्यकर्मी र कर्मचारीले बैंकअन्र्तगत काम गर्ने प्रमुख खनालले जानकारी दिए । यस्तै, नेपालगन्जस्थित भेरी अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन लिक्विड ट्यांक भारतबाट ल्याएपछि सहज भएको छ । ट्यांकबाट नै पाइप जोडेर बिरामीको बेडसम्म अक्सिजन लगिनेछ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७