गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन पोजिटिभ, पीसीआर रिपोर्ट पनि आउँदै


२२ बैशाख २०७८, बुधबार
Prithivi subba

पोखरा, २२ बैसाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको छ । अब पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

हिजो (मंगलबार) संसदीय दलको बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि संक्रामक तथा सरुवा रोग अस्पताल (कास्की) मा एन्टिजिन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । पीसीआर परीक्षणका लागि पनि स्वाब दिइसकिएको र रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ ।

PrithiviSubbaGurunga AntigenReport

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७