हुम्लामा ८ वर्षीया बालिकाले कसरी गरिन् आत्महत्या ?


२२ बैशाख २०७८, बुधबार
death

हुम्ला, २२ बैसाख । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा शंकास्पद अवस्थामा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी बालिका सञ्जिबा बोहरा अचानक मृत भेटिएकी हुन् ।

साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको स्थानीले बताएका छन् । गोठमा खच्चडलाई प्रयोग गर्ने डोरीले बाँधिएको अवस्थामा बालिका बोहरा मृत भेटिएकी हुन् ।

केही स्थानीयले भने बालिकाले आत्महत्या गरेको भनेर प्रचार गरेका छन् । तर ८ वर्षकी बालिकाले कसरी आत्महत्या गरिन् भनेर आशंका उत्पन्न भएको छ । उनी स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा पढ्थिन् ।

खबर पाउने बित्तिकै दोजम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली पनि घटनास्थल पुगेको छ । बालिकाको शव सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल ल्याएर परीक्षण गरिने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७