घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२२ बैशाख २०७८, बुधबार
gold

काठमाडौं, २२ बैसाख । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ छ । तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७