उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने ट्रम्पको घोषण


१२ फाल्गुन २०७४, शनिबार
trump 1

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध कडा नाकाबन्दी लगाउनेक धोषण गरेका छन् । राष्ट्रपति ट्रम्पले उत्त कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दीहरु लगाइने घोषणा गरेका हो । सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीहरु विरुद्ध लक्षित हुनेछ । उत्तर कोरियाले ‌अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा नाकाबन्दीहरु लगाउनु परेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

trump 1
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

राष्ट्रपति ट्रम्पकी छोरी इभांका दक्षिण कोरिया पुगेको केही घन्टाभित्रै यो घोषणा गरिएको हो । उनले त्यहाँ उत्तर कोरियाविरुद्ध अत्यधिक दबाब दिन आह्वान गरेकी थिइन् । उनले दक्षिण कोरियामा जारी हिउँदे ओलिम्पिक्स समापन समारोहमा भाग लिनेछिन् । हिउँदे ओलिम्पिक्सको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागी भएका थिए ।

अधिकांश पानी जहाज कम्पनीहरु लगायत नाकाबन्दी लगाइएका १६ वटा कम्पनीहरु उत्तर कोरियाली हुन् । अन्य कम्पनीहरुमध्ये पाँचवटा हङकङमा, दुई दुईवटा चीन र ताइवानमा तथा एकएक वटा पनामा र सिंगापुरमा दर्ता गरिएका छन् । यस अघि गत डिसेम्बर महिनामा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दीहरु लगाएको थियो । संयुक्त राज्य अमेरिकाले गएको एक दशकदेखि नै उत्तर कोरिया विरुद्ध विभिन्न नाकाबन्दीहरु लगाउँदै आएको छ ।

हालै उत्तर र दक्षिण कोरियाबीचका संबन्धहरुमा सुधार आएता पनि अमेरिकी अधिकारीहरु उत्तर कोरियाको आणविक खतरा कायमै रहेको बताउँछन् । गत वर्ष उत्तर कोरियाले ‌ वाशिङटनसम्मै मार हान्न सक्ने क्षमता भएको ‌भनिएको लामो दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । तर कतिपयले त्यो उत्तर कोरियाली प्रचारवाजीकै एउटा अंग हुनसक्ने पनि बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७