सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउँदै


२२ बैशाख २०७८, बुधबार
purna chandra

काठमाडौं, २२ बैसाख । नेपाली सेनाले स्वास्थ्य सेवाबाट अवकाशप्राप्त सेनालाई सेवामा फर्काउने तयारी थालेको छ ।
सेनाले स्वास्थ्य क्षेत्रबाट अवकासप्राप्त सेनालाई सेवामा फर्किनका लागि तयार रहन निर्देशन दिएको छ । नेपालमा बढिरहेको कोरोना संक्रमण रोकथामका लागि नेपाली सेनाले थप भूमिका निर्वाह गर्नुपर्ने पूर्वानुमान गर्दै अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई बोलाउने तयारी गरेको हो ।

जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने जनाएको छ । ‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरिएको छ’, सेनाले भनेको छ ।

सरकारले नेपाली सेनालाई एक हजार बेड कोभिड संक्रमितको उपचारका लागि तयार गर्न निर्देशन दिएको जनाएको छ । सेनाले यसअघि पनि आफ्ना विभिन्न अस्पतालमा संक्रमित सर्वसाधारणको उपचारका लागि बेड छुट्याइसकेको छ । तर त्यहाँ उपचार भने शुरु भइसकेको छैन ।

वीरेन्द्र सैनिक अस्पताल, नेपालगञ्ज, पोखरा र इटहरीमा दुई–दुई सय र धनगढी र वर्दिबासमा एक–एक सय शैंया सेनाले कोभिडको उपचारका लागि तयार गरिसकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७