मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण


२२ बैशाख २०७८, बुधबार
prithivi subba
फाइल फोटो

पोखरा, २२ बैसाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड–१९ को संक्रमण भएको छ । हिजो (मंगलबार) को परीक्षणमा एन्टिजेन पोजेभिट देखिएपछि थप पीसीआर परीक्षण गराउँदा उनका कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासमा रहेका छन् ।

मंगलबार मात्रै उनी गण्डकी प्रदेश सचिवालयमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएका थिए । साँझ उनमा ज्वरो देखिएको थियो । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले निवासकै आइसोलेसन प्रयोग गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७