ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : डुब्नबाट बच्ने भए किनारा खोज


२२ बैशाख २०७८, बुधबार
kp oli ram kumari jhakri

पोखरा, २२ बैसाख । नेकपा एमालेकी नेतृ रामकुमारी झाँझीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्यनाश हुनबाट बच्न र जोगिन मन भए किनारा खोज्न चेतावनी दिएकी छिन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओली अल्पमतमा पुगेको परिस्थितिमा नेतृ झाँक्रीले यस्तो सुझाव दिएकी हुन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले अध्यक्ष ओलीकै कारण पार्टी भताभुंग संकेत गर्दै लेखेकी छिन्, ‘हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं ।’

Capture 1

उनले पार्टी अध्यक्ष ओलीलाई अझ समय बाँकी रहेकाले विचार गर्न सुझाव दिँदै दम्भ, अहंकार र जिद्दी छोड्न पनि आग्रह गरेकी छन् । उनले लेखेकी छिन्, ‘यदि तिमी सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’
प्रधानमन्त्रीले ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय लिइसकेको र माधव नेपाल समूहबाट सो भन्दा अगाडि नै सामुहिक राजीनामा दिने चर्चा चलिरहेका बेला आएको झाँक्रीको अभिव्यक्ति अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७