निषेधाज्ञापछि सुनसान काठमाडौं उपत्यका (फोटो फिचर)


२२ बैशाख २०७८, बुधबार
khatmandu frf scaled

काठमाडौं, २२ बैशाख। सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै विस्तारै पूरानो लयमा फर्किदा-नफर्किदै काठमाडौं उपत्यका फेरि लकडाउन भएको छ ।

काठमाडौं उपत्यकासहित देशभर लक्षणसहितका कोरोना संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा देखिन थालेपछि देशभरका धेरैजसो स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै मानिसको आवतजावतमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले संक्रमण भयावह हुन नदिन निषेधाज्ञा जारी गर्दै यसको पालनामा समेत कडाइ गरेको छ ।

luck dowan

सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा पनि बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गरिएको हो । उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । जसका कारण काठमाडौ उपत्यकाका सडक सुनसान भएका छन् । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन ठाउँ(ठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् ।

jakaranda ज्याकारान्डा 13

प्रशासनले निषेधाज्ञा पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रु समेत कम संख्यामा देखिएका छन् । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्न थालेपछि सर्वसाधरण समेत घर बाहिर निस्किन डराइरहेका छन् ।

निषेधाज्ञामा तस्विरमा यस्तो देखियो काठमाडौं उपत्यका

kathamandu 1

luckdawan kathamandu 1
jakaranda ज्याकारान्डा 6
luckdawan kathamandu
luckdowan
luck dowan
kathamandu
ktm
kathamandu luckdawan 6
kathamandu luckdawan 4
road of kathamandu 1536x1024 2
road of kathamandu 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७