देउवालाई फकाउन बुढानिलकण्ठमा ओली


२२ बैशाख २०७८, बुधबार
kp

काठमाडौं, २२ बैसाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेका हुन् । प्रधानमन्त्री ओली एमालेका केही नेतासहित त्यहाँ पुगेको स्वकीय सचिव देउवाले जानकारी दिए । उनका अनुसार अहिले छलफल जारी छ ।

बैसाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री ओलीले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रियसभा निर्वाचनमा समेत कांग्रेस विपक्षी गठबन्धनसँग मिलेको छ । नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका प्रधानमन्त्री पछिल्लो राजनीति घटनाक्रममा विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिसँग भेट गर्न पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७