नेपालमा एक हप्तामै १२७ प्रतिशतले संक्रमण वृद्धि


२२ बैशाख २०७८, बुधबार
archana

काठमाडौं, २२ बैसाख । नेपालमा यो हप्ता कोरोना संक्रमण फैलिने दर १२७ प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो ।

ईपीडीमीओलोजी डा. अर्चना श्रेष्ठले अरु देशको तुलनामा नेपालमा कोरोना संक्रमणको वृद्धिदर अत्यन्तै धेरै रहेको बताइन् । प्रदेशहरुमा पनि संक्रमण दर बढ्दै गएको डा. श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार लुम्बिनी प्रदेशमा यस्तो वृद्धिदर ३८४ प्रतिशत छ ।

‘प्रति एक लाखमा १० जना संक्रमित देखिनुलाई असामान्य रुपमा लिइन्छ’ उनले भनिन्, तर नेपालका धेरै जिल्लाहरुमा यो भन्दा बढी दरमा संक्रमण फैलिरहेको छ ।’ मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ सक्रिय संक्रिमित रहेका छन् ।

आज ८ हजार ६५९ संक्रमित थपिएकोमा ५८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । आज ६०० जना आईसीयूमा उपचाररत रहेकोमा १५६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७