पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो


२२ बैशाख २०७८, बुधबार
Komal Shaha

काठमाडौं, २२ बैसाख । कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भएको छ ।
अस्पतालले कोमललाई आईसीयूबाट वार्डमा सारिएको जानकारी दिएको छ ।

कोरोना संक्रमणपछि १२ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणासहित उनी नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । कोमललाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको आइसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७