कांग्रेससँग ओलीले मागे विश्वासको मत, देउवाले भने, ‘सहयोग गर्न सक्दैनौं’


२२ बैशाख २०७८, बुधबार
kp

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेर सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङ लिएर देउवा निवास पुगेका थिए ।

बैठकपछि नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन् । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए । महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्‍यौं ।’

प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । भने, ‘लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।’

कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा। शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७