‘राइको ब्रान्ड’ बोकेर सगरमाथामा विनोदमणि


२२ बैशाख २०७८, बुधबार
binodmaniko brand scaled

काठमाडौं, २२ बैशाख । हिमाली जिल्ला सोलुखुम्बुको समान्य परिवारमा जन्मिएका विनोदमणि राई पछिल्लो समयमा चर्चित ‘राइको ब्रान्ड’को मालिक हुन् । कुनै बेला ठमेलको ज्याठास्थित सानो गल्लीमा कपडाका दोकान गर्ने विनोदमणि अहिले अन्तराष्ट्रिय स्तरको ब्रान्ड ‘राइको ब्रान्ड’को मालिक छन् । सानो गोरेटोबाट सुरु भएको उनको व्यवसायिक यात्रा अहिले फराकिलो राजमार्गमा तेज गतिमा दौडिरहेको छ ।

खासगरी पर्वतारोहण र ट्रेकिङ व्यवसायमा ‘राइको ब्रान्ड’ लोकप्रिय छ । अर्थात् कोही हिमाल चढ्दैछ वा ट्रेकिङमा जादैछ भने उसले सम्झिने कपडाको ब्रान्ड हो, ‘राइको ।’ विनोमणिको राइको ब्रान्डले नेपालीहरुको मात्रै होइन हिमाल आरोहण गर्ने संसारभरीका मानिसहरुको विश्वास जितेको छ । छोटो समयमै आफ्नो उत्पादनलाई उचाईमा लैजान सफल विनोदमणि अहिले विश्वको सर्वोच्च शिखरको उचाईमा चढिरहेका छन् । अर्थात् उनै विनोदमणि ‘राइको ब्रान्ड’को प्रबद्र्धन र पर्यटन प्रबद्र्धनको निम्ती अहिले अहिले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेश्रो आधार शिविरमा पुगेका छन् ।

सगरमाथाको आरोहण गर्ने उद्देश्यका साथ विनोदमणीको समूहले ७ हजार ३ मिटरको उचाई छिचोलेको छ । विनोदमणिले भने, ‘हामीले मे १५ पछि चुचुरो पुग्ने उद्देश्य राखेका छौं ।’ उनी सगरमाथा जानुको उद्देश्य मुख्यत दुईवटा छ । पहिलो, आरोहणसँगै पर्यटन प्रबद्र्धन । दोस्रो आफ्नो उत्पादन ‘राइको ब्रान्ड’को प्रबद्र्धन र प्रचार ।

त्यसो त उनको उत्पादन राइको ब्रान्ड सात हजारभन्दा अग्लो हिमाल चढ्नेमध्ये धेरैले प्रयोग गर्ने गरेका छन् । सामान्य अवस्था देखि हिमाल आरोहण गर्दा प्रयोग हुने ज्याकेट, ट्राउजर, टोपी, भित्री कपडालागायत कपडा उनको कम्पनीले उत्पादन गर्दछ । आरोहणमा विनोदमणिले यसपाली सबै आफ्नो उत्पादन राइकोका सामग्रीहरु प्रयोग गरेका छन् ।

तस्बिरहरु :

Binod Mani Rai Raeeko
Everest Nepal
Bindo Mani Rai
Raiko Nepal
Binod Mani Everest Nepal
Binod Mani Rai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७