तीन महिनामा नै तानिए सिराहाका एसपी


२२ बैशाख २०७८, बुधबार
Sudip Raj Bhandari

काठमाडौं, २२ बैशाख । नेपाल प्रहरीको प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख सुदीप राजभण्डारीलाई फिर्ता गरेको छ । उनले तीन महिना अगाडी मात्रै सिराहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

कार्यक्षमतामा कमजोर देखिएपछि उनलाई फिर्ता गरेर प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत एसपी हिराबहादुर पाण्डेलाई सिराहा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले (मंगलबार) उक्त काज सरुवाको निर्णय गरेका हुन् । विभिन्न विवादमा परेका एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भएको छ ।

सिराहा प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएका पाण्डेले एसपीको भुमिकामा जिल्ला प्रहरी कार्यालय इलामको समेत सफल नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७