किरात याक्थुम चुम्लुङ हङकङको अध्यक्षमा कमल कुमारी वनेम


१२ फाल्गुन २०७४, शनिबार
Indra Kumari wanem

हङकङ, फागुन, किरात याक्थुम चुम्लुङ हङकङको बाह्रौँ अधिवेनले पहिलो पटक महिलाको नेतृत्वमा नया कार्यसमितिको चयन गरेको छ। शनिबार जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्टमा सम्पन्न अधिवेसनले कमल कुमारी वनेमको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो।

Indra Kumari wanem

दुई उपाध्यक्षसहित नवनियुक्त कार्यसमितिको प्रथम बैठकले ७ जना सदस्यहरु नियुक्त गर्ने गरि कुल २१ सदस्यीय कार्य समितिको निर्विरोध चयन गरिएको हो। उपाध्यक्षहरुमा शेरबहादुर लक्सम र शम्शेर तुम्बाहाम्फे चयन भएका छन्।

त्यसैगरी महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष हरुमा क्रमशः इन्द्र लक्सम, लक्ष्मी पन्धाक, खगेन्द्र लावती, केशब तुम्बाहाम्फे रहेका छन। सदस्यहरुमा दिलसिङ यङहाङ, कला यक्पाङदेन, रेजिन सावाँ, रामकुमार लिम्बू , कृष्ण वनेम, चन्द्र कुमार लिम्बू र छत्र फुरुम्बो छन्।

नवनियुक्त कार्यसमितिले केही समय अगाडि खरिद गरेको भवन ‘चुम्लुङ हिम’ खरिद गर्दा लागेको ऋण चुक्ता गर्ने बताएको छ। साथै सदस्य सङ्ख्या बढाउने, लिम्बु परिवारमा मृत्यु हुँदा उपलब्ध गराउने सहयोग रकममा वृद्धि गर्ने बताएको छ।

सन १९९६ मा स्थापित किरात याक्थुम चुम्लुङ हङकङ निकै सक्रिय संस्था मानिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७