यस्ता थिए हिटलर


१२ फाल्गुन २०७४, शनिबार
hitlor

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरको चर्चा अहिले पनि विश्वभर हुन्छ । लाखौँ यहुदीको सम्हार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध भयो । सो युद्धमा ६ करोड मानिसले ज्यान गुमाए । क्रुर तानाशाहको संज्ञा पाएका हिटलरको जीवनका केही भित्री पाटा रोचक र भावुक बनाउने खालका छन् :hitlor 768x366

गरिबीले पढ्न पाएनन्

एलोइस हिटलरकी तेस्री श्रीमती क्लाराको कोखबाट जन्मिएका चौथो सन्तान थिए, हिटलर । पारिवारिक गरिबीकै कारण क्लारा हिटलरलाई गर्भमै तुहाउन चाहन्थिन् । तर, डाक्टरले उनको निर्णयमा मुञ्जरी नदिएपछि सफल भइनन् । गर्भ हुर्कियो र बच्चाका रूपमा धर्तीमा आयो । यिनै बच्चा अडोल्फ हिटलर बने । २० अप्रिल १८८९ मा अस्ट्रियामा जन्मिएका हिटलरले गरिबीकै कारण कहिल्यै राम्रो पढाइ गर्न पाएनन् ।

पादरी बन्ने सपना थियो

हिटलर बाल्यकालमा पादरी बन्ने सपना देख्थे । किनभने, चार वर्षको उमेर हुँदा एक पादरीले उनलाई पानीमा डुबेर मर्नबाट बचाएका थिए । त्यसो त उनका हजुरबुबा नै यहुदी थिए ।

पेन्टिङका पारखी थिए

सन् १९०५ मा पढाइ छाडेर उनी पेन्टिङतिर लागे । तर, उनलाई ‘स्कुल अफ आर्ट’ एवं अन्य आर्ट एकेडेमीमा प्रवेश गर्न दिइएन । त्यही वेलातिर उनकी बिरामी आमाको पनि मृत्यु भयो । आमालाई गाडिएको चिहानमा गएर उनी रुन्थे । आफू १८ वर्षको हुँदा आमाले पनि छाडेर जाने र स्कुल अफ आर्टबाट पनि तिरस्कृत भएपछि उनी अन्ततः राजनीतितर्फ लागेका थिए ।

पहिलो विश्वयुद्धमा भाग्यले बाँचेका थिए

प्रथम विश्वयुद्धमा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए । त्यसपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन सुरु गरेका थिए । उनी यहुदीलाई सखाप पार्न चाहन्थे ।

यहुदी युवतीसँग प्रेम

यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । ‘भक्सवेगन बेटल कार’ बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए ।

चक्लेट रुचाउँथे, बिरालोसँग डराउँथे

हिटलरलाई चकलेट अत्यन्तै मन पथ्र्यो । चक्लेट खाइरहने उनको बानी थियो । हिटलरले इंग्ल्यान्डका राष्ट्रपतिलाई विस्फोटक चकलेटद्वारा मार्ने योजनासमेत बनाएका थिए । तर, त्यो सम्भव भएन । हिटलरलाई बिरालोसँग भने निकै डर लाग्थ्यो ।

धुमपानविरोधी र शाकाहारी थिए

आधुनिक विश्वमा हिटलर नै यस्ता पहिला व्यक्ति थिए, जसले धुम्रपानविरोधी अभियान सुरु गरे । अर्को कुरा, मारकाटको राजनीति गरेका हिटलर मांसाहारी थिए होलान् भन्ने धेरैको अनुमान हुन सक्छ । तर, उनी शाकाहारी थिए । उनले पशु क्रूरताविरुद्ध कानुन पनि बनाएका थिए ।
ड्रग्सको लतका कारण रोगले पीडित

हिटलरलाई ड्रग्सको लत बसेको थियो । उनी प्रत्येक दिन ८० प्रकारका ड्रग्स सेवन गर्थे । उनको स्वास्थ्य धेरै बिग्रेको थियो । हर समय शरीर काँप्ने गथ्र्यो । उनी आइड्रपमा पनि १० प्रतिशत कोकिन मिसाउँथे । उनी पेट फुल्ने समस्याबाट ग्रस्त थिए । यसबाट छुटकाराका लागि उनी २८ प्रकारका औषधि सेवन गर्थे ।

चार्ली चाप्लिनका प्रशंसक

कलाकार चार्ली चाप्लिनको निकै ठूलो प्रसंशक थिए, हिटलर । चार्लीको जुँगा उनलाई खुब मन पथ्र्यो । त्यसैले त उनी चार्लीकै जस्तो जुँगा राख्थे । हिटलरका जुँगालाई ‘टुथब्रस जुँगा’ भनिन्थ्यो । हिटलर चार्लीभन्दा केवल चार दिन मात्रै कान्छा थिए ।

जीवनकै सबैभन्दा खुशीको दिन

हिटलरका लागि त्यो सबैभन्दा खुसीको दिन थियो, जुन दिन ‘टाइम्स म्यागजिन’ले हिटलरलाई ‘म्यान अफ द इअर’को टाइटल दिएको थियो । यो सन् १९३८ को घटना हो । सन् १९३९ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकित गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७