नाइजेरियामा दुई महिनाअघि अपहरित २९ विद्यार्थी मुक्त


२३ बैशाख २०७८, बिहीबार
116154401 freed nigerian schoolboys 1 reuters

काठमाडौं, २३ बैसाख । नाइजेरियाको कादुना राज्यस्थित एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ जना विद्यार्थी रिहा भएका छन् । गत मार्च ११ मा बोको हरामको अपहरणमा परेका ३९ जना विद्यार्थीमध्ये ३ जनाको हत्या गरिएको थियो भने बाँकी रहेका २९ जनालाई २ महिनापछि रिहा गरिएको हो ।

यसअघि ७ जनालाई गत महिना अपहरणमुक्त गरिएको थियो । अपहरणमुक्त भएका विद्यार्थीहरु नाइजेरियाको कदुना प्रहरी मुख्यालयमा पुगेका थिए । उनीहरुमध्ये अधिकांश बिरामी रहेकाले अस्पताल भर्ना गरिएको छ । नाइजेरियामा गत डिसेम्बरदेखि ७ सय भन्दा बढी विद्यार्थी अपहरणमा परिसकेका छन् ।

कदुना राज्यका गभर्नर नासिर एल रुफाइले बिद्यार्थीहरुको रिहाइका लागि विद्रोही समुह बोको हरामलाई माग बमोजिमको फिरौती रकम तिरेको जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७