रियल मड्रिडलाई हराउँदै चेल्सी फाइनलमा प्रवेश


२३ बैशाख २०७८, बिहीबार
118382806 timowerner

काठमाडौं, २३ बैसाख । इङलिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा ३–१ को जित दर्ता गर्न सफल रहयो । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ । उसले सन् २००८ मा म्यान्चेष्टर युनाइटेडसँग पेनाल्टी सुट आउटमा उपाधि भिडन्त गुमाएको थियो ।

त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो । फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आइपुगेका थोमस टुचेल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेका हुन् ।

टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाइनलमा टिमको नेतृत्व गरेका थिए । चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाईनल समेत खेल्दैछ । चेल्सीले लिगको उपाधिका लागि म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७