प्रि–मनसुन थप सक्रिय : मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित बर्षा


२३ बैशाख २०७८, बिहीबार
kathamandu

काठमाडौं, २३ बैसाख । नेपालमा आज (बिहीबार) देखि फेरि प्रि–मनसुन थप सक्रिय भएको छ । मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि शुरु भएको प्रि–मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ । आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताएका छन् । प्रदेश–१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पर्सिदेखि भने फेरि मनसुनको प्रभाव कम हुँदै जानेछ ।

अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बद्ली भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ । दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ । यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७