अमेरिकामा हराइरहेका नेपाली विद्यार्थीको शव फेला


२३ बैशाख २०७८, बिहीबार

काठमाडौं, २३ बैसाख । अमेरिकाको न्यूजर्सीबाट हराईरहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ । गत जनवरी महिनादेखि न्यूजर्सीबाट न्यूयोर्कका लागि हिंडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।

नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको शव गत सोमबार ब्रुक लिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ । अनुसन्धानकर्ताका अनुसार न्यूजर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि हिँडेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफ्नो साथमा क्यामरा भिरेको देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७