दाङमा आठ घण्टाभित्रै चार संक्रमितको मृत्यु


२३ बैशाख २०७८, बिहीबार
korona death

दाङ, २३ बैसाख । दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा एकै दिन चार कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार रातिसम्म आठ घण्टाको अवधिमा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही–१८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष रहेको अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले जानकारी दिए । चारै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चारै जना कोरोना र निमोनियाबाट ग्रसित थिए । अक्सिजन अभाव भएका कारण बिरामीलाई बचाउन कठिन भइरहेको ओलीको भनाइ छ ।
कोरोना विशेष अस्पताल १ सय शैयाको अस्पताल भएपनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको छ । थप बिरामी राखिदिन निरन्तर दबाब आए पनि अक्सिजन अभावका कारण राख्न नसकिएको भन्दै व्यवस्थापक ओलीले अनावश्यक दवाब नदिन आग्रह गरे ।

‘अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु भएकाले यसमा अनावश्यक दवाब सिर्जना नगर्नु हुन मेरो आग्रह छ’, उनले भने ‘तत्काल व्यवस्था गरिदिन मन्त्री, सांसद्, स्थानीय सरकार, नेता, समाजसेवीलगायतलाई सार्वजनिक रुपमै आह्वान गर्दछु । अक्सिजन भए सय बेड नै चलाउन समस्या छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७