गोठमा आइसोलेसनमा राखिएका कोरोना संक्रमित युवकले गरे आत्महत्या


२३ बैशाख २०७८, बिहीबार
susite

चितवन, २३ बैसाख । चितवनको माडीमा एक कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । चितवनको माडी नगरपालिका–३ बगैचा टोलका ३५ वर्षीय युवकले गए राति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखला समेत लागेको जनाइएको छ ।

घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७