बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै, होला नेपाल–खनाल पक्षमाथि थप कारवाही ?


२३ बैशाख २०७८, बिहीबार
oli

काठमाडौं, २३ बैसाख । प्रतिनिधिसभा वैठकबाट बैसाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भइरहेका बेला नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बालुवाटारमा बस्दै छ ।

वैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । राष्ट्रियसभाको उप निर्वाचनका लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिएका छन् । ‘उपनिर्वाचन तयारीको लागि बैठक बस्न लागेको हो,’ नेता नेम्बाङले भने ।

तर, स्रोतले भने आजको बैठकले माधव नेपाल पक्षका सांसदलाई थप कारबाही गर्न सक्ने दाबी गरेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा आकस्मिक रुपमा एमाले अध्यक्ष समेत रहेका ओलीले बैठक बोलाएका हुन् । नेकपा माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । समर्थन फिर्तासँगै ओली सरकार अल्पमतमा छ । यस्तै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि नेपाल–खनाल पक्षले पनि कसरी अघि बढ्ने भन्ने रणनीति बनाइरहेको छ ।

विश्वासको मत लिइसकेपछि ओलीले आफूहरुमाथि कारवाही गर्ने संकेत बुझेको नेपाल–खनाल पक्षले त्यो भन्दाअघि नै सामुहिक राजीनामा दिने समेत चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७