कोरोनाले लियो बाँकेमा थप १० जनाको ज्यान


प्रकाशित मिति : May 6, 2021

बाँके, २३ बैसाख । कोरोना भाइरस संक्रमणले बाँकेमा थप १० जनाको ज्यान लिएको छ । बाँकेमा बुधबार राति र बिहीबार विहान गरी थप १० कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गए राति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्