अनियमितता ‘संग्लन’ प्रहरीका लेखापाल हटाइए


२३ बैशाख २०७८, बिहीबार
Nepal police

चितवन, २३ बैशाख : नेपाल प्रहरीमा लेखापालको तालिम गर्दादेखि नै चलखेल हुने गरेको छ । तालिम लिइसकेपछि आकर्षक ठाउँमा पदस्थापन र सरुवा हुन उत्तिकै चलखेल हुने गरेको छ । पहुँच हुनेहरुले काठमाडौं, ललितपुर, मोरङ जस्ता जिल्लाको लेखापाल हुने गर्दछन् । गणमा पर्न पनि चलखेल हुने गर्दछ । तर पहुँच नहुनेहरु महाशाखा, वृत्तहरुमा सरुवा हुने गर्दछन् । यस्तै पहुँचवाला लेखापाल हुन्– नरिवन साउद र रेशम रेग्मी ।

 पहुँचका आधारमा सधैं लेखापाल रहेका जुनियर प्रहरी तालिम शिक्षालय भरतपुरमा कार्यरत लेखापाल नरिवन साउद लेखापालबाट हटाइएका छन् । भ्रष्टाचार गरेको भेटिएपछि उनलाई लेखापालबाट हटाइएको हो । उनी हाल जुनियर प्रहरी तालिम शिक्षालयमा कार्यरत रहेको भए पनि उनले जिल्ला प्रहरी कार्यालय चितवनको लेखापाल हुँदा भ्रष्टाचार गरेको भेटिएपछि उनलाई लेखापालबाट हटाइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको लेखापाल हुँदा साउदले सामान खरिद नै नगरेको भए पनि नक्कली बिल बनाएर रकम मिलाएको, कम मूल्यमा सामानहरू खरिद गरेर बढी बिल बनाएर भ्रष्टाचार गरेको र खरिद गरिएको भनिएका सामानहरू आम्दानीमा नदेखिएको, नबाँधिएको समेत अनुसन्धानका क्रममा भेटिएपछि उनलाई लेखापालबाट हटाइएको छ ।

लेखापालबाट हटाउनु मात्रै कारबाही नभएकाले थप कारवाही गर्नुपर्ने तयारीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भए पनि तलको भ्रष्टाचारी गिरोहले उनलाई जोगाएको आरोप छ । उनलाई हटाएपछि उक्त तालिम शिक्षालयमा सुष्मा कडायतलाई पठाएको छ । उनले लेखापालको तालिम धेरै पछि गरेको भए पनि सई दर्जाका सिनियर भएको भन्दै लेखापालमा प्रवेश गराइएको थियो । लेखापाल कडायत डिएसपी मनोजित कुँवरको श्रीमती भएको समेत थाहा भएको छ । गृह सचिव महेश्वर न्यौपाने एवं आइजीपी थापाको भक्तपुरे जिल्लावासी भएको कारण पनि तालिम लगत्तै उनलाई लेखापालमा प्रवेश गराइएको हाम्रो समाचार स्रोत बताउँछ ।

यसबाहेक लेखापाल साउदले मात्रै होइन हालका लेखापाल रेशम रेग्मीले पनि जिल्ला प्रहरी कार्यालय मातहतका बजेट नचल्ने तर सवारी साधन भएका युनिटहरूलाई तेल र मर्मत बापतको रकम नदिने गरेको समेत गुनासोहरू बाहिर आएको छ । यस्तै गुनासो साउदको पालामा पनि आएको थियो । धेरै बिबाद भएपछि केही बजेट दिए पनि मातहतका युनिटहरूले मागेर, कुनै केश मिलाइदिएर अफिस खर्च, तेल, मर्मत आदि काम गर्दथे । अहिले आएका लेखापाल रेशम रेग्मीले पनि त्यही गरिरहेका छन् । उनले पनि आउने बित्तिकै सामान सप्लाई गर्ने ठेकेदारदेखि खरिद गर्ने ठाउँ पनि परिवर्तन गरेर बढी कमिशन दिनेलाई काम दिएका छन् ।

जिल्ला मातहतका चनौली, रामनगर, दिव्यनगर इलाका प्रहरी कार्यालयमा सवारी साधन भए पनि बजेट चल्दैन भने बछौली, जुटपानी, अस्थायी चौकी पदमपुरमा पनि साधन छन् तर बजेट चल्दैन । गाडी बाहेक मोटरसाइकल त प्रायः सबै चौकीहरूमा छ । तर जिल्लाका लेखापालले एकाध ठाउँमा तेलको कुपन दिए पनि अन्त सबै ठाउँमा मागेर तेल र मर्मत गरेको पाइन्छ ।

यसरी तेल र मर्मतमा आएको बजेट जिल्ला प्रहरीमा धेरै घोटला हुने गरेको छ । जिल्ला ट्राफिकको कुरा गर्ने हो भने डेढ सय लिटर तेल बाहेक जिल्ला प्रहरीका लेखापालले अरू केही नदिने गरेको समेत ट्राफिक प्रहरी नै बताउँछन् । जबकि प्रहरी मुख्यालयले स्टेसनरी, तेल मर्मत मसलन्द भनेर ट्राफिक प्रहरीको लागि बजेट जिल्ला प्रहरीलाई पठाउने गर्दछ । तर लेखामा यसरी ठूलो घोटला हुने भएकाले पनि लेखापाल हुनका लागि लाखौं तिरेर जाने गर्दछन् ।

लेखापाल रेग्मी पनि लाखामा प्रवेश गरेर पोष्टिङ भएको एक बर्ष नपुग्दै मानव बेचबिखन व्युरोबाट चितवन जिल्ला प्रहरी हान्न सफल भएका थिए । तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको निगाह र कृपाले उनले यो अवसर पाएका हुन् । साउद जस्तै रेग्मी पनि छानबिनमा तानिने अवस्था आएका जिल्ला प्रहरीमै कार्यरतहरू बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७