स्थायी कमिटी वैठक लगतै राष्ट्रपति भेट्न ओली शीतल निवासमा

ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमाले स्थायी कमिटीको निर्णय


२३ बैशाख २०७८, बिहीबार
kp oli bidhya
फाइल् फोटो

काठमाडौं, २३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिना साथ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यता नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको स्थायी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् ।

विहीबार विहान एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो । वाग्मती प्रदेशअन्तर्गत रिक्त एक पदमा हुने उपनिर्वाचनका लागि छिट्टै उमेदवार तय गरिने उनले बताए । उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी छलफल अघि बढाइएको उनको भनाइ छ ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने विषयमा छलफल भएको उनले जानकारी दिए । अन्य पक्षसँगको छलफललाई निरन्तरता दिइने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७