प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना संक्रमण


२३ बैशाख २०७८, बिहीबार
corona test 4

काठमाडौं, २३ बैसाख । प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा चार जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार १२८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७