म्यानचेस्टर र भिल्लारियल फाइनलमा


२४ बैशाख २०७८, शुक्रबार
match RygQy1IuRs

काठमाडौं, २४ बैसाख । युरोपा कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने भएका छन् । म्यानचेस्टर युनाइटेड एएस रोमासँग सेमिफाइनल दोस्रो लेगमा ३–२ ले पराजित भएर पनि फाइनल पुगेको हो ।

म्यानचेस्टर दुई लेगको सेमिफाइनलमा समग्रमा ८–५ ले अगाडि रह्यो । व्यवस्थापकका रूपमा ओले गन सोल्सार आएयता म्यानचेस्टर कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो अवसर हो ।

रोममा भएको खेलमा घरेलु टिमका लागि एडिन जेको र ब्रायन क्रिस्टियनले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । म्यानचेस्टरका तर्फबाट एडिसन कभानीले दुई गोल गरे । आर्सनललाई भने उसको घरमा भिल्लारियलले सेमिफाइनलको दोस्रो लेगमा गोललरहित बराबरीमा रोक्यो र समग्रमा २–१ को अग्रता लियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७