कोरोनाबाट लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई संक्रमितको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार
lumbini

रुपन्देही, २४ बैसाख । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना–९ की ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२.१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान ३.५३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २४२ जनाको मृत्यु भएको छ । जिल्लामा ५ हजार ४८९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७