९ वर्षको उमेरमै हेडमास्टर, पाए ‘रियल हिरो’ उपाधि


१२ फाल्गुन २०७४, शनिबार
64 413

काठमाण्डौं, १२ फागुन : ‘जुन स्कुलमा तिमी पढ्छौ म त्यसको हेडमास्टर हुँ’ साथीहरुमा आफ्नो रवाफ जमाउन प्रयोग गरिने यो तुक्का एक युवकको जीवनमा भने वास्तविकता हो । ती युवक ९ वर्षको उमेरमै हेडमास्टर बनेका हुन् । भारतको पश्चिम बंगाल मुर्शिदाबादका बाबल अली नामका यी युवकले गरिबीबाट यस्तो पाठ सिके कि उनी ९ वर्षको उमेरमै स्कुलका हेडमास्टर बने ।गरिबीले दियो यस्तो शिक्षा ९ वर्षको उमेरमै बने स्कुलको हेडमास्टर2879

बाबरका अनुसार सुरुमा यो सबै उनको लागि एउटा खेल थियो । तर पछि उनले महसुस गरे यिनीहरुलाई ठिकसँग शिक्षा दिइएन भने यिनीहरु कहिल्यै लेखपढ गर्न सक्ने छैनन् । त्यसपछि भने उनीहरुलाई पढाउनु बाबरको कर्तव्य बन्न पुग्यो । विस्तारै आसपासका अन्य बालबालिकाले पनि बाबरसँग पढ्न रुची देखाउन थाले । उनीहरु पनि बाबरसँग त्यो सबै जान्न इच्छुक रहन्थे जो बाबरले स्कुलमा सिकेका हुन्थे । संसारमै सबैभन्दा कम उमेरमा स्कुलमा प्रधानाध्यापक बनेका बाबर अलीको कहानी निकै रोचक छ । आज पनि गरिबीका कारण बालबालिकाले उचित शिक्षा पाउन नसकिरहँदा बाबर अली उनीहरुको लागि उदाहरण बनेका छन् । त्यतिबेला बाबर अली ९ वर्षका थिए । उनी स्कुल जाँदै गर्दा आफ्नो उमेरका बालबालिकालाई मजदुरी गरिरहेको देख्थे ।

यस्तैमा उक दिन उनले आफ्ना तिनै साथीहरुलाई पढाउन थाले । आफ्नो घरपछाडिको आँगनमा आफ्ना साथहिरुलाई जम्मा गरेर बाबरले आफूले स्कुलमा सिकेका सबै कुरा सिकाउँथे ।
यो सिलसिला वर्षौंसम्म जारी रह्यो । बाबर १६ वर्षका भइसकेका थिए । हरेक दिन ४ बजे स्कुलबाट फर्केपछि उनले घरमा घण्टी बजाउँथे । घण्टी सुनेपछि गउँभरीबा बालबालिमा उनको घरमा जम्मा हुन्थे । उनले आफूले सिकेका कुरा उनीहरुलाई सिकाउँथे । यसबाहेक उनले आफ्ना पुराना विद्यार्थीलाई नै नयाँलाई सिकाउने काम दिए । उनका विद्यार्थी नै शिक्षक थिए र बाबर हेडमास्टरको रुपमा सबै व्यवस्थापन गर्थे । बाबरको घर एक गैर सरकारी स्कुल बनिसकेको थियो ।

बाबरको यो कामको चर्चा छिमेकी गाउँसम्म फैलिइसकेको थियो । लगातार बालबालिकाको भीड बढ्न थाल्यो । बाबरका पिताले यो सबै थाहा पाएपछि बाबारको आफ्नै शिक्षा प्रभावित हुने भन्दै यसो नगर्न भने तर बाबर रोकिएनन् । बालबालिकालाई किताब दिलाउनको लागि बाबर कवाडीका पसल चाहार्थे र पुराना किताब लिएर आफ्ना विद्यार्थीलाई दिन्थे । त्यसपछि उनले बालबालिकाका अभिभावकसँग चामल लिएर बेचे र त्यसबाट किताब किने । विस्तारै बाबरको स्कुल ठूलो हुँदै गयो । आफ्नो पढाइको साथसाथै उनी पूरै लगनशीलताका साथ आफ्नो स्कुल चलाउँथे । पछि भने यसको लागि उनका पिता पनि राजी भए र स्कुलको लागि ६ सय रुपैयाँ पनि दिए । त्यसपछि भने बाबरले आफ्नो स्कुलको उद्घाटन गरे । उनले स्कुलको नाम ‘आनन्द शिक्षा निकेतन’ राखे । आज बाबरको आफ्नै स्कुल छ जहाँ ८ सयभन्दा बढी विद्यार्थी पढ्छन् । अन्तर्रा्ष्ट्रिय मिडियामा उनलाई संसारकै सबैभन्दा कान्छा प्रिन्सिपलको नामले चिनिन्छ । उनलाई १६ वर्षको उमेरमा बीबीसीले २००९ मा संसारकै सबैभन्दा कान्छा प्रिन्सिपलको उपाधि दिएको थियो । उनलाई रियल हिरो पुरस्कारले सम्मानित गरिसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७