बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै


२४ बैशाख २०७८, शुक्रबार
oli samuha

काठमाडौं, २४ बैसाख । नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले केहिबेरमा बस्दैछ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बिहीबारको स्थायी कमिटी बैठकमा पनि राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेद्वार जिताउ र प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मतको विषयमा पनि छलफल भएको थियो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेकाले सघनरुपमा सबै दलहरुसँगको छलफललाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको छ ।

वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । तर एमालेले उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन ।

बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्व उपाध्यक्ष डा. देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट ओलीइत्तर गठबन्धनको साझा उम्मेदवार बन्न लागेका छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन्। बादलले जित्ने सुनिश्चितता भए मात्र आफू चुनाव लड्ने बताएका छन् । माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७