अन्ततः ‘बादल’ बने एमालेको उम्मेद्वार, देवकोटाले गराए उम्मेद्वारी दर्ता

हेलिकोप्टरमार्फत बादल पुगे हेटौंडा


२४ बैशाख २०७८, शुक्रबार
umerdwari

काठमाडौं, २४ बैसाख । राष्ट्रियसभा उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर चढेर शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् ।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
यसैबीच वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन् ।

devkota darta 0752021081717 1000x0 1
उम्मेद्वारी दर्ता गराउँदै देवकोटा

कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराएका हुन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा उनले ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललगायतको टोली देवकोटासँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।

Ram bahadur thapa badal
उम्मेद्वारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौडा जाँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ भने नेकपा एमाले भने उम्मेदवार छनोटका लागि छलफलमै व्यस्त रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७