मलामी चढेको जीप दुर्घटना, १५ जना घाइते


२४ बैशाख २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

पर्वत, २४ बैसाख । पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिंडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।
उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । डिएसपी अधिकारीले अधिकांश घाइतेहरू सामान्य अवस्थामा रहेको र तीनजना मध्यम खालको रहेको बताए ।

‘दुर्घटनामा परेका धेरै जसो सामान्य घाइते हुनुभएको छ, दुई तीनजना मध्यम खालको हुनुहुन्छ’ उनले भने । ‘सामान्य घाइते भएकाहरु उपचार पछि डिस्चार्ज भइसक्नु भएको छ ।’ जीप दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७