पोखरामा कोरोनाबाट थप चार जनाको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार
pokhara

पोखरा, २४ बैसाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका एकसहित चार जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । यस्तै पर्वतकै जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७