कोरोनाबाट संसद सचिवालयका उपसचिव खनालको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार
21fd6c332156c0c562e77937b514ef33 w1000 h500 cp

काठमाडौं, २४ बैसाख । कोरोना भाइरस संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको ज्यान गएको छ ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले केही दिनअघि स्वाब दिएका उपसचिव खनालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् । उनले भने, ‘रिपोर्ट पोजेटिभ आएको थियो, उहाँ विरामी नै हुनुहुन्थ्यो, शारीरिक रुपमा केही कमजोर पनि हुनुहुन्थ्यो अहिले मृत्यु भएको खबर आयो ।’

चन्द्रागिरी नगरपालिका –१२ निवासी खनाल होम आइसोलेसनमा रहेकै बेला उनमा एक्कासी स्वास्थ्यमा समस्या आएको र कलंकीस्थित शहीद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता पाडेले जानकारी दिए ।

ढिलोगरी आएको एम्बुलेन्समा अक्सिजन नभएको कारण उपसचिव खनालको बाटोमै मृत्यु भएको बताइएको छ । खनाल कानुनतर्फका उपसचिव हुन् । बैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७