प्रदेश ६ को नाम अब कर्णाली प्रदेश


१२ फाल्गुन २०७४, शनिबार
province 6

काठमाडौं: आज बसेको प्रदेशसभा बैठकले प्रदेश ६ को नाम कर्णाली राखेको छ । बैठकमा प्रदेश ६ को नाम र राजधानी एमाले संसदीय दलको नेता यमलाल कँडेलले प्रस्ताव गरेका थिए । प्रदेशको नाम सहमति भए पनि राजधानी भने हुन सकेको छैन ।

province 6

प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथि गरेको थियो । अहिले छलफल जारी छ । अहिले सरकारले पनि अस्थायी मुकाम सुर्खेतलाई तोकेको छ र प्रदेशसभाको बैठक सुर्खेतमै बसिरहेको छ । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाइ बढी बहुमतले पास गरेको छ ।

३९ सांसदमध्ये ३७ जनाले प्रस्तावको पक्षमा मत हालेका थिए भने एक सांसद बैठकमा अनुपस्थित थिए । सभामुखले भोट हालेनन् । सांसद कँडेलको प्रस्स्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ, माओवादी केन्द्रका सांसद वीरबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाही लगायतले समर्थन जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७