भित्रिबस्त्र नलगाई नाच्ने नृत्याङ्गना पक्राउ


१२ फाल्गुन २०७४, शनिबार
nude dancer

काठमाण्डौं, १२ फागुन : काठमाण्डौंका विभिन्न डान्स रेष्टुरेन्टहरुमा प्रस्तुत हुने नृत्य शैलीका बारेमा कहिलेकाहीं आलोचनाका स्वरहरु सुनिने गरेको कुरा हाम्रा लागि नौलो होइन । काठमाण्डौंका डान्स बारहरुलाई नियमन गर्न विभिन्न समयमा विभिन्न नियमहरु बनाइँदै पनि आएको छ । तर, यो अझै आलोचनामुक्त छैन । नेपालमा जस्तै इजिप्टमा पनि उक नृत्यङ्गना विवादमा आएकी छिन् ।nude dancer

बेली डान्स प्रस्तुत गर्ने क्रममा भित्रि वस्त्र नलगाएको आरोपमा एक रूसी नृत्यङ्गना गिरफ्तार भएकी छिन् । ३१ वर्षीया क्याथेरिना एन्ड्रिभाले गिजाको नाइलस्थित एक नाइट क्लबमा नृत्य देखाउने क्रममा बेली ड्रेस मात्र लगाएर कामोत्तेजक नृत्य गरेकी थिइन् । उनको नृत्यलाई आकर्षक मानेर केही दर्शकले त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीको ध्यान आकृष्ट भएको थियो ।

उक्त नृत्य गर्दा भित्री पोसाक नलगाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेर ६ दिन थुनामा राख्यो । यसलाई आफ्नो जीवनकै सर्वाधिक नराम्रो दिन मानेकी क्याथेरिना अहिले जमानतमा रिहा भइसकेकी छिन् । उनले इजिप्टमा यसअघि नृत्य गरेका केही तस्बिर आफैंले सामाजिक सञ्जालमा अपलोड गर्दै आफू पक्राउ पर्नुको कारण आफैंलाई थाहा नभएको बताएकी छिन् । क्याथेरिनाका अनुसार जुन पहिरनका कारण उनलाई पक्राउ गरियो, त्यो पहिरनलाई बेली डान्सरहरू अश्लिल मान्दैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७