एकै दिन १,८१६ अक्सिजन सिलिण्डर संकलन


२५ बैशाख २०७८, शनिबार
oxygen 1 1

काठमाडौं, २५ बैसाख । गृह मन्त्रालयले कोभिड विरामीका लागि अति आवश्यक पर्ने अक्सिजन सिलिण्डर संकलन गरिरहेको जनाएको छ ।

शुक्रबार देशभरबाट एक हजार ८१६ अक्सिजन सिलिण्डर संकलन भएको गृहले जानकारी दिएको छ । प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भइरहेको गृहले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।

स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय तथा व्यक्तिहरुलाई धन्यवाद दिँदै गृहले यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको स्पष्ट पारेको छ ।

home staTEMENT 2078 1 24

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७