न्युकासलसँग लेस्टर सिटीलाई ४–२ ले पराजित


२५ बैशाख २०७८, शनिबार
thumb 2

काठमाडौं, २५ बैसाख । न्युकासल युनाइटेडले शुक्रबार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ४–२ ले हराएको छ । युरोपेली च्याम्पियन्स लिग छनोट पछ्याइरहेको लेस्टरमाथि प्राप्त यो प्रभावशाली जितपछि न्युकासल लिगमा लगभग सुरक्षित भएको छ ।

न्युकासलको जितमा कोलम विल्सनले दुई गोल गरे । लेस्टर चार गोलले पछाडि परेपछि दुई गोल फर्काउन सफल रहेको हो । यो जितपछि स्टिभ ब्रुसको न्युकासल १३ औं स्थानमा उक्लेको छ र यो १८ औं स्थानमा रहेको फुलहममाथि १२ अंकको अग्रता हो ।

लिगमा चार चरणका खेल बाँकी रहेको न्युकासलले यो राहतपूर्ण जित निकालेको हो । लेस्टर भने तेस्रो स्थानमा छ र उसलाई पाँचौं स्थानको वेस्ट ह्याममाथि पाँच अंकको अग्रता प्राप्त छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७