जावलाखेल ग्रुपका संस्थापक अध्यक्ष शाहद्वारा कोरोना उपचारमा १ करोड ३५ लाख सहयोग


२५ बैशाख २०७८, शनिबार
vijaya kumar shah bijay bijaya

काठमाडौँ २५ बैशाख । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रालिका संस्थापक अध्यक्ष एवं नेपालका सबैभन्दा ठूलो व्यक्तिगत करदाता विजयकुमार शाहले कोरोना संक्रमितको उपचारका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।

कोरोना भाइरसको महामारीका कारण अक्सिजनको अभावले बिरामीहरुको ज्यान जान थालेपछि शाहले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट राख्नका लागि र अस्पतालको आईसीयू विस्तारका लागि उक्त रकम उपलब्ध गराउन लागेका हुन्।

आवश्यकता अनुसार अक्सिजन सप्लाइ प्रणाली उपकरण खरिद र त्यसबाट बचेको रकम आईसीयूका साथै अन्य अस्पतालको सेवामा खर्च गर्ने गरी रकम उपलब्ध गराउन लागिएको हो। धुलिखेल सामुदायिक अस्पताललाई सहयोग गर्दा विपन्न समूदायलाई पनि सहयोग हुने भएकाले सोही अस्पताल रोजिएको जावलाखेल ग्रुपले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७