लन्डन हन्स्लोको मेयरमा पूर्व गोर्खा सैनिक गुरुङ निर्वाचित


२५ बैशाख २०७८, शनिबार

बेलायत, २५ बैशाख । भूतपूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ बेलायतको स्थानीय मेयरमा ५६ औं निर्वाचित भएका छन्। गुरुङ लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन्।

यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार बनेका थिए। यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए । लण्डनमा भने यसअघि कुनै पनि नेपाली मुलका मेयर बनेका छैनन् । यस क्षेत्रमा विशेषगरि भारतीयहरुको बसोवास रहेको छ भने नेपालीहरुको पनि बाक्लो बस्ती रहेको छ ।

नेपालको गोर्खा जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका सौरपानी ४, फुन्चोकमा जन्मिएका गुरुङ झन्डै दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएका हुन् । सेवारत हुँदा उनले हङकङ, ब्रुनाई, सिंगापुर तथा बेलायत लगायतका ठाउँहरुमा भ्रमण गरेका थिए ।

सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए । २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनस् काउन्सिलर निर्वाचित भए ।

बेलायतको केन्द्रीय राजनीतिमा नेपालीको प्रवेश नभएपनि स्थानीय क्षेत्रमा भने केहि नेपालीहरुले चासो देखाउंदै आएका छन् । आज मे ६ तारिखका दिन इंग्ल्याण्डमा हुँदै गरेको स्थानीय निर्वाचनको लागि पनि बेलायतमा सबैभन्दा धेरै नेपालीहरु बस्दै आएको अल्डरसटमा जीव बेल्वासे र नेम थापा मगर काउन्सिलर पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । उनीहरु दुबै कन्जरभेटिभ पार्टीका उम्मेद्वार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७