जारी निषेधाज्ञा : काठमाडौंको जनजीवन {भिडियो}


२५ बैशाख २०७८, शनिबार
nisedhagya ktm valley

काठमाडौं, २५ बैशाख । कोरोना संक्रमण रोकथाम र न्युनिरकणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

हाल देशका ६१ भन्दा बढि जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । झापा, इलाम, मोरङ, सुनसरी, बाँके, सुर्खेत,कैलाली, पर्सा, पाल्पा, रुपन्देही, बाग्लुङ्, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, गुल्मी, प्युठान, गोरखा, बाजुरा, कालिकोट, रोल्पा लगायत जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ ।

काेराेना संक्रमणकाे कारण नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट ३,३७० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
यस्तै सो अवधिमा थप ८,४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै यस अवधिमा ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन् । १७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८, २८७ जनामा पोजिटिभ र ९८९ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । हाल ३९८ जना संक्रमित क्वारेन्टाइनमा छन् । यसअघि शुक्रबार नेपालमा ९,१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७