अक्सिजन सिलिन्डर खोज्न देशभरि प्रहरी परिचालन


२६ बैशाख २०७८, आईतवार

काठमाडौं, २६ बैसाख । कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर संकलन गरेको छ ।

कतिपय स्थानमा समयमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुन थालेपछि प्रहरीले विभिन्न क्षेत्रमा प्रयोग भइरहेका अक्सिजन सिलिन्डर संकलन गर्न थालेको हो । मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका अक्सिजन ग्यास सिलिन्डर पछि फिर्ता गर्ने गरी संकलन गरी प्रहरीले ग्यास उद्योग तथा अस्पतालमा बुझाएको छ ।

अक्सिजनका खाली सिलिन्डर बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । विभिन्न निकायसँग सहकार्य गरी प्रहरीले सबै जिल्लामा अक्सिजन सिलिन्डरको खोजी र संकलन थालेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७